Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक पक्राउ


  • मंगलबार, जेष्ठ १० २०७९

  • छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा  कलेजका शिक्षक पक्राउ

    काठमाडौं – छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबेलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कलेजका शिक्षक जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइएको हो । उनी कलेजका को-अर्डिनेटर हुन्।

    उनले कलेजका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ। शिक्षकमाथि कारबाहीको माग गर्दै आज बिहान कलेज परिसरमा विद्यार्थीहरूले प्रदर्शन समेत गरेका थिए ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij