काठमाडौं- अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् । चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेकी उपमन्त्री जेयाले प्रधानमन्त्री देउवासँग आइतबार बिहान बालुवाटार पुगेर भेट गरेकी हुन् । भेटका बारेमा प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट्दा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
