Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपमेयरमा निर्वाचित तामाङले दिए मतदातालाई धन्यवाद


  • बुधबार, जेष्ठ ४ २०७९

  • उपमेयरमा निर्वाचित तामाङले दिए मतदातालाई धन्यवाद

    काठमाडौं– नेपाली कांग्रेसबाट टोखा नगरपालिकामा उपमेयर पदमा विजयी भएका मुरारी तामाङले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा कृतज्ञता प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालबाट निर्वाचनको समयमा आफु र पार्टीले गरेको प्रतिबद्धताहरु पुरा गर्ने प्रण पनि गरेका छन् ।


    हार्दिक आभार तथा कृतज्ञता

    हार्दिक आभार तथा कृतज्ञता ! स्थानिय तहको निर्वाचनमा मलाई आफ्नो अमुल्य मत दिएर उपमेयर पदमा निर्वाचित गराउँनु भएकोमा सम्पूर्ण टोखा बासी आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु ।

    साथै टोखा नगरपालिकाको मेयरमा निर्वाचित प्रकाश अधिकारी सहित विभिन्न तहमा निर्वाचित सबै साथीहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

    आदरणीय मतदाताज्युहरु ! मैले र मेरो पार्टी नेपाली कांग्रेसले निर्वाचनको बेला तपाईहरु सामु गरेको प्रतिबद्धताहरु पुरा गर्दै जाने प्रण गर्न चाहान्छु । जन प्रतिनिधिका रुपमा अबको पाँच वर्ष नगरको समग्र विकासमा इमनदारीताका साथ समर्पित हुने प्रतिवद्धता पुनः जाहेर गर्न चाहन्छु । आगामी दिनहरुमा पनि तपाईहरुको साथ, सहयोग, माया र मार्गदर्शनको अपेच्क्षा गरेको छु ।

    धन्यवाद, जय नेपाल
    तपाईको मुरारी तामाङ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij