Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अन्तरघात गर्नेहरुको सुचना र प्रमाण संकलन गर्न कांग्रेसले बनायो गुप्तचर संयन्त्र !


  • बिहिबार, बैशाख २२ २०७९

  • अन्तरघात गर्नेहरुको सुचना र प्रमाण संकलन गर्न कांग्रेसले बनायो गुप्तचर संयन्त्र !

    काठमाडौं – नेपाली कांग्रेसले स्थानिय निर्वाचनमा पार्टीका अधिकारीक उम्मेवार विरुद्ध अन्तरघात गर्ने असहयोग गर्ने र निष्क्रिय बस्नेहरु विरुद्ध सुचना संकलन गर्न गुप्तचर संयन्त्र निर्माण गरेको छ । कांग्रेस स्रोतका अनुसार पार्टीका उच्च तहका पदाधिकारीको नेतृत्वमा गठन गरिएको संयन्त्रमा पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्बेवारी दिइएको छ ।

    जिल्लाको जिम्बेवारी पाएका केन्द्रीय सदस्यले निर्वाचन क्षेत्र र आवश्यकता अनुसार वडा तहमा सुराकी खटाउने व्यवस्था गरिएको छ । काठमाडौं जिल्लाको एउटा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस कार्यकर्ताका अनुसार उनले काठमाडौं जिल्ला हेर्ने केन्द्रीय सदस्यलाई अन्तरघात गर्ने हरुको रिपोर्ट दिने छन र ती केन्द्रीय सदस्यले गुप्तचर विभाग हेर्ने उच्च पदाधिकारीलाई रिपोर्ट गर्ने व्यवस्था गरिएको छ ।

    कांग्रेशले पार्टी विरुद्ध गतिविधि गर्ने आफ्ना कार्यकताको गतिविधिको गोप्य रुपमा अनुशन्धान र सुचना संकलन गर्न संयन्त्र निर्माण गरेर कारवाही गर्ने तयारी गरिरहेको बताइएको छ । सुचकहरुले अन्तरघातको प्रमाण समेत संकलन गर्ने जिम्बेवारी पाएको बताइएको छ । उनीहरुले टेलिफोनको कल डिटेल भ्वाइस रेकर्ड सहित व्यक्तिहरुवाट सुचन संकलन गर्ने छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij