Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गठबन्धनले महानगरको भागबण्डा सोमबार टुंग्याउने


  • आइतबार, बैशाख ४ २०७९

  • गठबन्धनले महानगरको भागबण्डा सोमबार टुंग्याउने

    काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ।
    आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
    गठबन्धनले यसअघिमहानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
    गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij