Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्र बैंकमा दुई सञ्चालक पद रिक्त


  • शुक्रबार, बैशाख २ २०७९

  • राष्ट्र बैंकमा दुई सञ्चालक पद रिक्त

    काठमाडौं – नेपाल राष्ट्र बैंकका दुई सञ्चालक पद आजदेखि रिक्त भएको छ । सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँचवर्षे कार्यकाल पूरा भएसँगै दुई सञ्चालक पद रिक्त भएको हो ।
    सन् २०१७ अप्रिल १६ मा राष्ट्र बैंकको सञ्चालक नियुक्त भएका दुवैजना कार्यकाल पूरा गरेर बाहिरिएका हुन् । गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको र सञ्चालकद्वय पौडेल र रेग्मीको पनि कार्यकाल पूरा हुँदा राष्ट्र बैंकको सञ्चालक समिति चारजनामा सीमित भएको छ ।

    राष्ट्र बैंक ऐन–२०५८ मा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुने व्यवस्था छ । गभर्नर अध्यक्ष रहने सञ्चालक समितिमा अर्थसचिव, दुई डेपुटी गभर्नर र नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक रहने व्यवस्था छ ।
    नेपाल राष्ट्र बैंक ऐनको दफा १७ को उपदफा (१) मा मन्त्रिपरिषद्ले राष्ट्र बैंकको सञ्चालक नियुक्त गर्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा सञ्चालकको नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैकिङ वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्ये अलग–अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij