काठमाडौं – नेपाल प्रहीमा एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।
विभागका अनुसार २०७९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
