Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैशाख २ गतेदेखि सिवाईसी नेपाल लघुवित्तको आईपीओ आउने


  • बिहिबार, चैत्र २४ २०७८

  • बैशाख २ गतेदेखि सिवाईसी नेपाल लघुवित्तको  आईपीओ आउने

    काठमाडौं– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।

    लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

    इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij