Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानसेनापति र राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता


  • बुधबार, चैत्र २३ २०७८

  • प्रधानसेनापति र राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

    काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मासँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रधानसेनापति शर्माको जंगी अड्डास्थित कार्यकक्षमा भेटवार्ता भएको थियो ।
    ‘भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । भेटवार्तामा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए ।
    भेटमा उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए । मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij