Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकका ग्राहकलाई एनपीआई हस्पिटलमा विशेष छुट


  • आइतबार, चैत्र २० २०७८

  • सिटिजन्स बैंकका ग्राहकलाई एनपीआई हस्पिटलमा विशेष छुट

    काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलमा चितवन बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij