Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता


  • आइतबार, चैत्र १३ २०७८

  • चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता

    काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।
    तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.।नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
    यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij