Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं विश्वकै छैठौं प्रदूषित राजधानी सहरमा


  • बुधबार, चैत्र ९ २०७८

  • काठमाडौं विश्वकै छैठौं प्रदूषित राजधानी सहरमा

    विश्वका प्रमुख १० प्रदूषित सहरभित्र नेपाल परेको छ। राजधानी सहरमा भने काठमाडौं छैठौं स्थानमा परेको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल दसौं प्रदुषित मुलुकमा परेको हो।

    बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ। प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्। यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ।

    विश्वका दश प्रदूषित देश

    १.बंगलादेश
    २.चाँद
    ३.पाकिस्तान
    ४.ताजकिस्तान
    ५.भारत
    ६.ओमन
    ७.क्रिगिजिस्तान
    ८.बहराइन
    ९.इराक
    १०.नेपाल

    यी हुन् विश्वका १० प्रदुषित राजधानी सहर
    १) नयाँ दिल्ली (भारत)
    २) ढाका (बंगलादेश)
    ३) एन डिजामिना (चाड)
    ४) दुसान्बे (ताजकिस्तान)
    ५) मस्कट (ओमान)
    ६) काठमाडौं (नेपाल)
    ७) मानामा (बहराइन)
    ८) बगदाद (इराक)
    ९) बिश्केक (क्रिजकिस्तान)
    १०) तासाकेन्ट (उज्वेकिस्तान)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij