Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा बस दुर्घटनाहुँदा दुई जनाको मृत्यु


  • शुक्रबार, चैत्र ४ २०७८

  • मकवानपुरमा बस दुर्घटनाहुँदा दुई जनाको मृत्यु

    मकवानपुर– मकवानपुरमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
    मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

    हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका ६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij