Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आँखामा खुर्सानीको धुलो छर्की सुन र नगद लुटपाट


  • सोमबार, फाल्गुन ३० २०७८

  • आँखामा खुर्सानीको धुलो छर्की  सुन र नगद लुटपाट

    काठमाडौं– काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका–६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन रहेका छन् । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।
    पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए ।

    त्यसबारे पीडितले महानगरीय प्रहरी वृत्त गौशालामा दिएको उजुरीका आधारमा दाङका महेश बिश्वकर्मा र राजेन्द्र सिनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । विश्वकर्मा विश्वकर्मा २६ र सिन २८ गते पक्राउ परेका हुन् ।

    जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सोमबार प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij