Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

परराष्ट्रमन्त्री डा. नारायण खड्का टर्की जाँदै


  • मंगलबार, फाल्गुन २४ २०७८

  • परराष्ट्रमन्त्री डा. नारायण  खड्का टर्की जाँदै

    काठमाडौं – अन्टाल्या कूटनीति मञ्च (एडीएफ) मा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदैछन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। मन्त्री खड्का यही मार्च ११–१३ मा आयोजना हुने उक्त कार्यक्रमको लागि टर्की जान लागेका हुन् ।
    कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहने छ । ‘रिकोडिङ डिप्लोमेसी’ नाम दिइएको यस वर्षको फोरममा मन्त्री खड्काले ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘एशिया नयाँ– दिगो क्षेत्रीय विकासको लागि’ भन्ने विषयमा हुने छलफलमा भाग लिने छन् ।
    ९ मार्चमा मन्त्री खड्काले टर्कीका अधिकारी, गैरआवासीय नेपाली र इस्तानबुलमा रहेका नेपाली उद्यमीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । उनले इकोनोमिक चेम्बर्सिन इस्तानबुल र अन्टाल्याका सदस्यहरुसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
    फोरमको साइडलाइन वार्ताको क्रममा मन्त्री खड्काले टर्कीका समकक्षी र अन्य देशका विदेशमन्त्रीहरुसँग पनि दुईपक्षीय भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij