Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संघिय राजधानीमा नै कछुवा गतिको नगरपालिका !


  • सोमबार, फाल्गुन २३ २०७८

  • संघिय राजधानीमा नै कछुवा गतिको नगरपालिका !

    काठमाडौं– टोखा नगरपालिकामा स्थानिय निर्वाचन हुँदा नेकपा एमालेबाट मेयरका प्रत्यासी बनेका प्रकाश अधिकारीले अनकौ सपना देखाए । त्यहि सपनाले उनलाई मेयरको कुर्सिसम्म पु¥यायो । नगरलाई स्वच्छ, सफा र व्यवस्थित मात्र होइन, स्मार्ट सिटी बनाउने बाचा गरेका अधिकारीले आफ्नो कार्यकाल सकिनै लाग्दा देखाउन मिल्ने कुनै उपलब्धि हासिल गर्न सकेनन् ।
    बाटोघाटो, ढल, पानी जस्ता नगरका आधारभुत संरचना ५ वर्ष अघिको भन्दा दहनिय अवस्थामा पुग्यो । नगर प्रवेशको मुख्यद्धार मध्येको एक बसुन्धरामा छिर्ने ठाउँमा बनेको ठुलो खाल्डो महिनौदेखी नगरपालिकालाई नै गिज्जाइरहेको छ । सडक तथा फुटपाठलाई जनप्रतिनिधिहरु नै टुलुटुलु हेरेर बस्छन् । सार्वजनिक शौचालयको नाम निसाना नै छैन् । झोरको कृषि, टोखाको सांस्कृति सम्पदा, भाषा, कला र रहनसहनको उत्थानका लागि कार्य योजनामा समेत बन्न सकेन ।
    पार्क, खेल मैदान, व्यायमशाला जस्ता कुरामा कुनै प्रगति देखिएन । विज्ञान र प्रविधिको प्रयोग र पहुँचमा नगरपालिकाले सिंको भाँचेको छैन् । सायद नगर प्रमुखले नगरबासीलाई बाढेको सपना समेत विर्सिसके ।
    नगरपालिकाको नेतृत्व र जनताविचको खाडल निकै ठुलो बन्यो । नत नगरपालिकाको नेतृत्वले आफुलाई जिताउने मतदाता सम्झियो नत कछुवा गतिको नगर नेतृत्वबाट नगरबासीले कुनै आशा राखे ।
    बरु नगरबासीले सञ्चार माध्यमहरुमा आफ्नै नगरपालिकामा अख्तियारले छापा मारेको, उच्च पदस्थ अधिकारीहरु पक्राउ परेको र बयानका लागि धाएको समाचार पढ्न बाध्य भए । बैठक नै नबसी भत्ता लिने, नाम मात्रको कागजी योजना बनाएर भुक्तानी लिने, आफन्त, नातागोता र कार्यकर्ता पाल्ने जस्ता काममा नै झण्डै पाँच वर्षको महत्वपूर्ण अवधि खेर पालेको छ । पाँच वर्ष कार्यकालमा टोखा नगरपालिका आफ्नै कार्यलय भवन ठड्याउन समेत असफल रह्यो ।
    नगरपालिका मात्र होइन यसकै अंगको रुपमा रहेको वडा कार्यालयको काम समेत निरासाजनक रह्यो ।
    मुलुकको संघिय राजधानीमा रहेको महत्वपूर्ण नगरपालिका मध्येको टोखा नगरपालिका झण्डै पाँच वर्षको अवधिमा कछुवा गतिमा हिड्यो । बहनावाजी जे गरेपनि घोषित प्रतिबद्धताहरुको छेउकुनो समेत पुरा गर्न नसकेको नगरपालिका नेतृत्वको उपलब्धि विहिन रह्यो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij