काठमाडौं– संसदबाट एमसिसि पास गराउने वा नगराउने भन्ने विवादले सत्ता गठबन्धन विघटनको संघारमा पुगेको बेला नाटकिय रुपमा राजनीतिक घटनाक्रम विकास भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसंग सहकार्यको हात अगाडी बढाएपछि सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दवावमा परेका छन् ।
गठबन्धन जोगाउने अन्तिम कसरत स्वरुप सत्ता गठबन्धन विच नयाँ समझदारी बनाउने प्रयास गरिएको छ । नयाँ प्रस्ताव अनुसार एमसिसिमा भएका कतिपय प्रावधानलाई संशोधन संसदमा संकल्प प्रस्ताव पारित गर्ने र उक्त प्रस्तावलाई एमसिसिकै अंग मानेर एमसिसि सम्बन्धी प्रस्ताव संसदबाट पारित गराएर गठबन्धन जोगाउने सघन प्रयास थालिएको छ ।
उक्त प्रस्तावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल करिब सहमतिमा पुगेका छन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसग छलफलगरी टुंगो लगाउन दाहालले नै अग्रसरता लिएका छन् ।
यो बिकल्पमा अमेरिकालाई समेत सहमत गराउन कांग्रेसका एक महामन्त्रीले अमेरिकी राजदुतसंग समेत विहिबार राती छलफल गरेको स्रोतले राष्ट्रपुकारलाई बतायो । कांग्रेसले सत्ता साझेदारीसहित एमसिसि पास गर्न एमालेसंग छलफल अघि बढाएपछि माओवादी र एकिकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन विकल्पको खोजी गरिहेको बेला नयाँ प्रस्ताव अघि सारिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
