Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


  • आइतबार, फाल्गुन ८ २०७८

  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

    साबिकको मूल्यमा अब प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएकोले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ। गत माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि यो हालसम्मकै उच्च हो। निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ।

    मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको निगमले दाबी गरेको छ। यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको विज्ञप्तिमा भनिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij