Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेरो सेयर नवीकरण खल्ती एपबाट निशुल्क गर्न सकिने


  • शुक्रबार, फाल्गुन ६ २०७८

  • मेरो सेयर नवीकरण खल्ती एपबाट  निशुल्क गर्न सकिने

    काठमाडौं -खल्ती डिजिटल वालेट मार्फत मेरो सेयरको निशुःक नवीकरण गर्न सकिने भएको छ । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै गएकोे भन्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको हो ।

    सो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र नभएर नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन् । प्रयोगकर्ताले मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । खल्तीको सो अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् । प्रत्येक खल्ती आइडीले सो अफर एक पटक मात्र लिन सक्नेछन् ।

    खल्तीले उक्त अफर चैत २ गतेसम्म लागु हुने जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले धेरै सम्भावित लगानीकर्तालाई सेयर बजार प्रवेश गर्न प्रोत्साहन मिल्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij