काठमाडौं – भाटभटेनी सुपरमार्केटको २१ औँ शाखा काठमाडौंको टोखामा खुलेको छ । बिहीबार भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले अनौपचारिकरुपमा शाखाको उद्घाटन गरेका छन् । उनले कोरोनाका कारण भीडभाड बढ्ने हुँदा औपचारिकरुपमा केही समयपछि उद्घाटन गरिने बताउँदै अहिले अनौपचारिकरुपमा शाखाको सुरुवात गरिएको बताए । उनले आफूहरुले वस्तुको मूल्य र गुणस्तरीयतामा कुनै सम्झौता नगरेका कारण यहाँसम्म आइपुग्न सफल भएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
