Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा


  • सोमबार, माघ २४ २०७८

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

    काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकको ९१ औं सो शाखारहित सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी मन्दिरा न्यौपाने व्यवसायिक प्रतिनिधि नियुक्त भएकी छिन् ।

    शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाइ आर्थिक रूपमा सबल बनाउन बैंकले आयआर्जनका विभिन्न कार्यक्रम निम्ति सहुलियतपूर्ण कर्जा पनि वितरण गरेको छ । कर्जा वितरणपश्चात आगामी दिनमा सो बासिन्दाले अझ बढी फाइदा लिनसक्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार शाखारहित बैंकिङमार्फत निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने सिटिजन्स बैंकको अपेक्षा छ ।
    सिटिजन्स बैंकले हालसम्म देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij