Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘मास्कट’


  • सोमबार, माघ १७ २०७८

  • आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘मास्कट’

    काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजनिक भएको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरू तथा हितैषीहरुको सामूहिक प्रयासबाट सम्भव भएको कम्पनीले जनाएको छ । यसको लागि छुट्टै विज्ञापन गरिएको थिएन ।
    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमईको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने फुयाँलले बताए । कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

    डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरु तथा अन्य सर्वसाधारणहरुसँग आईएमई लाइफ इन्स्योरेन्स कम्पनिको प्रतिनिधिको रुपमा सम्वाद गर्ने कुरा समेत कम्पनीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij