Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शहीद स्तम्भमा प्रधानमन्त्रीद्धारा माल्यार्पण


  • आइतबार, माघ १६ २०७८

  • शहीद स्तम्भमा प्रधानमन्त्रीद्धारा  माल्यार्पण

    काठमाडौं– आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले शहीद स्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।

    प्रत्येक वर्ष माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा सहिद दिवस मनाइन्छ । आज सहिदको सम्झनामा देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदै छ ।​

    कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij