बारा– बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका– ३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम छन्।
सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका– ३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको थापाले बताए।
दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
