Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खल्तीबाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक अफर


  • सोमबार, माघ १० २०७८

  • खल्तीबाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक अफर

    काठमाडौं– अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय रुपैयाँको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले सहज र सुरक्षित गरेको खल्तीले जनाएको छ ।

    यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अभिकृत विनय खड्काले भने,‘प्रविधि र विकासको परिवर्तनसँगै डिजिटालाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ । धेरै बिमा ग्राहकहरुले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउछन् । डिजिटल कारोबारलाई अझ प्रोत्साहन गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्धेश्यले यो अफर ल्याइएको बताए ।’

    पाँच हजार रुपैयाँ माथिको नविकरणक बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाइसी प्रमाणीकरण गराएको हुनुपर्छ । खल्ती खाता नभएको अवस्थामा दाखिला गरि नेपालभरी फैलिएको खल्तीको सेवा केन्द्रबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij