Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब ५ हजार ९९९ मा टिभिएसको मोटरसाइकल तथा स्कूटर


  • मंगलबार, माघ ४ २०७८

  • अब ५ हजार ९९९ मा टिभिएसको मोटरसाइकल तथा स्कूटर

    काठमाडौं– ग्राहकहरुका लागि टिभिएसले नयाँ योजना लिएर आएको छ । ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट कम भुक्तानी तिरेर नयाँ टिभिएस चढ्न पाउने भएका छन् । यसरी एक्सचेज्च गर्दा ग्राहकले मासिक इएमआइ न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

    ग्राहकहरुले शुन्य प्रतिशत ब्याज तथा स्पट एक्सचेन्जको पनि सुविधा पाउने भएका छन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
    यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्सका सिइओ तथा निर्देशक दिपक अग्रवालले भने,‘ ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन यो योजना ल्याएको हो’। जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij