काठमाडौं– धादिङको रुबीभ्याली गाउँपालिका–१ मा डोजरसहित तीन जना बेपत्ता भएका छन् । बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जनाएको छ ।
बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
