काठमाडौं– प्रहरी प्रधान कार्यालयले सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।
पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
