Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते


  • आइतबार, कार्तिक ७ २०७८

  • सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते

    सल्यान – सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान करिब ७ः५० बजेतिर कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो ।

    घाइतेहरुमा बागचौर नगरपालिका वडा नं. १ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका छन् । गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
    यसैगरी गाडी चालक बागचौर नगरपालिका २ का १९ वर्षीय हिक्मत पुनमगर र बागचौर २ कै १९ वर्षीय अर्जुन केसी पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij