Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भैरव अर्यालको साहित्यिक योगदानको चर्चा


  • मंगलबार, असोज १९ २०७८

  • भैरव अर्यालको साहित्यिक योगदानको चर्चा

    बेलबारी, मोरङ – व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसरमा मंगलवार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा अर्यालको साहित्यिक योगदानको चर्चा गरियो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले अर्यालसँग सङ्गत गर्दाका रोचक प्रसङ्गहरू स्मरण गर्दै भैरव स्वयम् नै धेरै पटक हाँसो र व्यङ्ग्यका पात्र बनेको बताए ।
    व्यङ्ग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे लगायतले अर्यालको साहित्यिक योगदानको राज्यले कदर गर्न नसकेको टिप्पणी गरे । कार्यक्रमका अन्य वक्ताहरूले अर्याल केवल परीक्षामा अङ्क प्राप्तिका लागि घोकिनुपर्ने पात्र नभएर सचेतनाका लागि सदा स्मरण र सम्मान गरिनुपर्ने महान् व्यक्तित्व भएको बताए ।
    सोही अवसरमा साहित्यकार ईरान राईद्वारा सङ्कलित तथा सम्पादित प्रदेश एकका ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धहरूको संयुक्त सङ्ग्रह ‘मुखास्त्र’ सार्वजनिक गरियो । प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, विशिष्ट अतिथि रोचक घिमिरे, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, कवि अनिल पौडेल, लेखिका मिश्र वैजयन्ती र कार्यक्रम अध्यक्ष रेखा सुवेदीले ‘मुखास्त्र’ को संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार, अभिनय र कलाको क्षेत्रमा विशेष योगदान दिएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij