Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जरामा कला ! (तस्वीरहरु)


  • मंगलबार, साउन ५ २०८३

  • जरामा कला ! (तस्वीरहरु)

    सव्द तस्बिरः प्रदीपराज वन्त

    सिन्धुली, साउन ५ सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
    खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सिर्जना गर्दै आएका छन् । हाल सङ्ग्रहालयमा झन्डै ३०० वटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए ।
    उनका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक सङ्ग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालका अनुसार प्रदेश सरकारको रु ४९ लाख ९९ हजारको लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij