काठमाडौं – पत्रकार विजय कुमारले चलचित्र निर्देशन गर्ने भएका छन । अभिनेता विपिन कार्कीले निर्माण गर्ने चलचित्र को पटकथा पनि विजय कुमारले नै गर्ने छन । उनी संगको सहकार्य प्रति कार्कीले खुसी ब्यक्त गर्दै लेखेका छन :
आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो। भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय कामहरू गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ।
तपाईं जस्तो अनुभवी, सिर्जनशील र दूरदर्शी व्यक्तित्वसँग सहकार्य गर्ने अवसरलाई म आफ्नो सौभाग्य ठान्छु। आगामी यात्राका लागि उत्साहित छु ,प्रिय विजय दाई!
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
