Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा ७ नयाँ शाखा विस्तार


  • मंगलबार, असोज १९ २०७८

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा ७ नयाँ शाखा विस्तार

    काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवा बजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।

    यसैगरी, बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij