Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साहारा एपको दशैँ अफर : होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका


  • बुधबार, असोज ६ २०७८

  • साहारा एपको दशैँ अफर :  होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका

    काठमाडौं – नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।

    महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा रु ५००० जित्ने मौका रहेको छ ।

    असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

    अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।

    नेपालमा सन् २०१९ देखी राइड शेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनिका सिइओ विशाल जीसीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij