Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तेह्रथुम पावरको आइपिओ खुल्यो


  • बुधबार, भाद्र ९ २०७८

  • तेह्रथुम पावरको आइपिओ खुल्यो

    काठमाडौं– सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो।

    यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ। यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ।

    यस कम्पनीले तेह्रथुम जिल्लामा माथिल्लो खोरुङ्गा खोलाबाट विद्युत उत्पादन गरिरहेको छ। जुन आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट १७ करोड ८८ लाख रुपैयाँ छ। कुल ७.५ मेगावाट क्षमताको यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड रहेको छ। लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.६६ वर्ष छ।

    यस कम्पनीलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ। यस रेटिङले दायित्व वहनका लागि कम्पनी औसत मध्यमस्तरमा रहेको जनाउँछ। कम्पनीले २ मेगावाट क्षमताको अर्को खोरुङ्गा-ताङमाया खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा छ।कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij