काठमाडौ – नेपाली राजनितिका शिखर पुरुष बीपी कोइरालाको आज ३९ औं स्मृति दिवस मनाइदै छ । नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनको आन्दोलनको नेतृत्व गरेका थिए ।
प्रजातान्त्रीक समाजवादका व्याख्याता कोइराला ले प्रजातन्त्र स्थापनाका लागी लामो समय जेल र निर्वासनमा विताएका थिए । साहित्यका क्षेत्रमा समेत अब्बल स्रष्टा कोइराला दुरदर्शी नेता थिए ।
वि.सं.१९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
