Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुदूरपश्चिमको प्रहरी प्रमुखमा डीआईजी पुरुषोत्तम कंडेल


  • शुक्रबार, असार १८ २०७८

  • सुदूरपश्चिमको प्रहरी प्रमुखमा डीआईजी पुरुषोत्तम कंडेल

    धनगढी – सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् । कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् ।

    कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर प्रहरी ऐन बमोजिम काम गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘प्रहरी संगठनभित्र छुट्टै र विशेष खालको काम गर्ने भन्ने कुरा हुँदैन्’ कंडेलले भने, ‘गृह मन्त्रालय र नेपाल प्रहरीको रणनीतिक योजनाहरु छ । सबैको परिपालन हुने गरी काम गर्ने हो ।’
    सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij