Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कार प्रयासमा प्रतिकार गर्दा सन्तोषीको हत्या, एक पक्राउ


  • बिहिबार, असार १० २०७८

  • बलात्कार प्रयासमा प्रतिकार गर्दा सन्तोषीको हत्या, एक पक्राउ

    काठमाडौँ – दक्षिणकालीमा हत्या गरिएकी सन्तोषी सुब्बा को हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पकाउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको सहचालक रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले तिमल्सिनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । खाने बस्ने व्यवस्था मिलाइदिन्छु भनि बलात्कार प्रयास गरेको र प्रतिकार गरे पछि उनको हत्या गरेको प्रहरीले जनाएको छ । विभिन्न जराचुरुङ्‌गी र जनावरको आवाज निकालेर चर्चा पाएकी सुब्बा को दक्षिणकालीमा विभत्स हत्या भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij