Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनको छेन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना


  • सोमबार, जेष्ठ १० २०७८

  • चीनको छेन्दुमा  नेपालको महावाणिज्य दूतावास स्थापना

    चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा नेपालले महावाणिज्य दूतावास खोलेको छ। सोमबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र सिचुवान प्रान्तका उप-गभर्नर ली युन्जे संयुक्त रूपमा महावाणिज्य दूतावासको उदघाटन गरेका छन्। महावाणिज्य दूतावास उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू र छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै राजदूत पाण्डेले आजदेखि सञ्चालनमा आएको महावाणिज्य दूतावासले दुई देशको सहकार्यमा थप योगदान दिँदै नेपाल-चीन सम्बन्धलाई मजबुद् बनाउने सघाउने विश्वास व्यक्त गरे।

    सिचुवानका उपगभर्नर युन्जेले महावाणिज्य दूतावासको स्थापनाले दुई पक्षीय व्यापार, लगानी, पर्यटन र जनता-जनताबीचको सम्बन्धलाई सहज बनाउन सहयोग पुग्ने बताए।

    तीन जना कर्मचारी रहने महावाणिज्य दूतावासमा दिनेशकुमार घिमिरे महावाणिज्य दूत छन्। चीनमा यसअघि ल्हासा र ग्वान्जाओमा नेपालका महावाणिज्य दूतावास थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij