काठमाडौं – अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको पूर्वानुमान यस्तो गरेको छ :
२०७८ जेठ ५ गने (बुधबार),दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
