Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिभिल अस्पताल अब १५० बेडको कोभिड अस्पतालमा रूपान्तरण


  • शनिबार, जेष्ठ १ २०७८

  • सिभिल अस्पताल अब १५० बेडको कोभिड अस्पतालमा रूपान्तरण

    काठमाडौं – सिभिल अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ ।

    सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता शुक्रबारदेखि नै लागु भएको अस्पतालले जनाएको छ ।

    सम्झौता अनुसार १५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक(औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ । साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij