Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा – देउवा


  • आइतबार, बैशाख १९ २०७८

  • अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा – देउवा

    काठ्याडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेको पुनः नियुक्तिको कडा विरोध गरेका छन । आज विज्ञाती जारी गर्दै देउवाले भनेका छन – संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’ एमालेले प्रदेश सभामा बहुमत गुमाएको अवस्थामा पोखरेललाई नियुक्त गरिएको भन्दै देउवाले आपत्ति जनाएका छन ।
    संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’ देउवाले विज्ञप्तीमा भनेका छन । केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको देउवाको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij