काठमाडौं –सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ भोलि बाँडफाँड हुन लागेको हो।
कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खोलेको थियो।
२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
