काठमाडौं– बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
