Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


  • बिहिबार, चैत्र २६ २०७७

  • रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ। देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो।
    मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको हो। त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत भनेको छ। घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न भनिएको छ।

    यस्तो छ १० बुँदे सूचना :

    १)हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।

    २) जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।

    ३) बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू जस्तै सपिङ-मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।

    ncell in
    ४) विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न गराउनु हुन स्थानीय तह र स्थानीय प्रशासनहरूलाई अनुरोध छ।

    ५)कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेष्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउनका लागि सम्बधित स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहहरूलाई अनुरोध छ।

    ६) सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गर्नुहुन अनुरोध छ।

    ७) रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ।

    ८) संक्रमणको अवस्था हेरी ठूला सहरहरूमा ५०० भन्दा बढी र साना सहरहरूमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइका साथ गर्न गराउनु हुन अनुरोध छ।

    ९) विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या सम्बन्धमा वा क्वारेन्टाइन अवधि वेभ गर्ने सम्बन्धमा (जस्तो कि संक्रमणको यो जोखिमकाबिच तीन देशीय क्रिकेट म्याच आयोजना स्वीकृति तथा संचालनका सम्बन्धमा) र अब आइन्दा कोभिड संकटको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न गराउन समन्वय गर्नु गराउनुहुन सरोकारवाला निकायहरूसँग अनुरोध छ।

    १०) संक्रमणको बढी जोखिम हुन् सक्ने स्थानहरूमा र्‍यानडम एन्टिजेन परीक्षण बढाउन स्थानीय तहहरूलाई समन्वय गरी व्यवस्थापन गरिदिनुहुन अनुरोध छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij