Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • मंगलबार, चैत्र २४ २०७७

  • पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं– पाल्पामा गएराति जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा लु २ च ६३२ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।
    दुर्घटनामा परी जिपमा सवार बगनासकाली गाउँपालिका –४ निबासी २० वर्षीय बिजय खाम्चा र रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    पाल्पाका प्रहरीका अनुसार तानसेनस्थित खुशी फ्रेश हाउसको कुखुरा बोकी आएको जिप गएराति साढे १२ बजे सडकदेखि करिव २० मिटर तल खस्दा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
    गम्भीर घाइते दुई जनालाई युनाइटेड मिशन अस्पतालले मृत घोषणा गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij