Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल नियुक्त


  • आइतबार, फाल्गुन २ २०७७

  • सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल नियुक्त

    काठमाडौं – सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा कुँवर नियुक्त भएका हुन् ।
    यसअघि कुँवर सर्वोच्चकै रजिस्ट्रार थिए । माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी धुर्कोटका कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

     


    यस्तै सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएकी छन् । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै पौडेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ ।
    पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन् । पौडेल २०५२ साल मंसिरदेखि शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij