Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीमानले गरे खाना नबनाएको निहुँमा श्रीमतीको हत्या


  • शनिबार, माघ २४ २०७७

  • श्रीमानले गरे खाना नबनाएको निहुँमा श्रीमतीको हत्या

    पोखरा पोखरामा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। पोखरा महानगरपालिका ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
    उनीहरू पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन्। पोखरामा डेरा गरी बस्ने पुनले श्रीमतीलाई राति पौने ८ बजे बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।
    हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
    खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij