काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी , दाहाल – नेपाल समूहका नेताहरुले ओली नेतृत्वको नेकपा र सरकारको चर्को आलोचना गरेका छन । काठमाडौंको मृकुटीमण्डपमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेताहरूले एउटै स्वरमा भने – ‘ ओली निरंकुश वाटो मा हिँडे ।’ संविधानमा नभएको संसद विघटन गरेर व्यवस्था विरोधी काम गरेको आरोप उनीहरुको छ ।
अध्यक्ष पुष्पकमल दाहालले ओलीको प्रतिगमनकारी विरुद्ध सङ्कमा आउनु परेको वतए । वाम एकता लाई दुई तिहाई मत दिएर जनताले अनुमोदन गरे पनि ओलीले संविधानमाथी निर्मम प्रहार गरेको उनले बताए । अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीमा कम्युनिष्ट हुने गुण नै नभएको बताए । उनले ओलीले भिरको वाटो रोजेकाले रामराम मात्र भन्न सकिने बताए ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सरकारले गफ मात्रै गरेका काम नगरेको बताए । सभालाई अवरलक्ष्मी शाक्य, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई लगाएतका नेताहरू सम्बोधन गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
