Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धार्थ बैंकद्वारा अस्पताल निर्माणका लागि ५ लाख सहयोग


  • शुक्रबार, पुष ३ २०७७

  • सिद्धार्थ बैंकद्वारा अस्पताल निर्माणका लागि ५ लाख सहयोग

    काठमाडौं– सिद्धार्थ बैंकले विराटनगर स्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई पौष २ गते बिहीबार हस्तान्तरण गरे।

    बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं १ मा कोभिड–१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्ने अस्पतालले जनाएको छ ।

    संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पु¥याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij